बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बागलुङको बागलुङ नगरपालिका-१० घर भई काठमाडौं तार्केश्वर नगरपालिका-१० मनमैजुमा बस्ने ४३ वर्षीय लक्ष्य बहादुर मल्ललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

 

जिल्ला अदालत काठमाडौं बबरमहलको २०८१ भदौ १७ गते उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले तार्केश्वर नगरपालिका-१० मनमैजुबाट पक्राउ गरेको हो।उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार