युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारमा लैजाने भन्दै ठगी गर्ने २ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु लामो समयसम्म झुक्याएर राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएपछि पीडितहरुले जाहेरी दिएका हुन्।
प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पीडितको उजुरीमाथि अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने लमजुङ सुमित बस्याल र खोटाङका इच्छा गुरुङ पक्राउ परेका हुन्। उनीहरूमध्ये बस्याल टोखाबाट र गुरुङ बुढानीलकण्ठबाट पक्राउ गरिएको हो। बस्यालले २ लाख ४० हजार र गुरुङले १ लाख ठगी गरेको उजुरी परेको छ।