१२ दिनदेखि बेपत्ता पर्वतका वृद्ध मृत फेला

१२ दिनदेखि बेपत्ता रहेका कुश्माका वृद्ध आज बिहान मृत अवस्थामा फेला परेका छन्। जिल्लाको कुश्मा नगरपालिका-४ जिरो किमीका ७६ वर्षीय पदमबहादुर विक मोदी गाउँपालिका–३ देउरालीको घैटे जंगलमा मृत अवस्थामा भेटिएका हुन्। विक गत मंसिर ८ गते दिउँसो १ बजेदेखि सम्पर्कविहीन भएका थिए। मोदी–१ ताङ्लेमा रहेका आफन्तको घरबाट कुश्मास्थित घर जान्छु भन्दै हिँडेका उनी सम्पर्कविहीन बनेका थिए।

 

परिवारजन, आफन्त र प्रहरीले सोही दिनदेखि खोजतलास गरे पनि विक भेटिएका थिएनन्। वृद्धको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले बताए। घटनाको थप अनुसन्धान भइरहेको उनले बताए।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार