प्रधानमन्त्री ओलीले आज पेकिङ बिश्वबिधालयमा सम्बोधन गर्ने

काठमाडौं, १९ मंसीर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्दैछन् ।गत सोमवार चीनको चार दिने भ्रमणमा निस्केका प्रधानमन्त्री ओलीले आफनो भ्रमणको तेस्रो दिन पेकिङ विश्वबिधालयमा सम्बोधन गर्न लागेका हुन् ।आज उनले नेपाल–चीन बिजनेस फोरमले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्नेछन भने अन्तिम बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी रहने जनाइएको छ ।

 

हिजो चीनिया राष्ट्रपति सि जिनपिङ, चिनियाँ समकक्षी ली छ्याङ र चिनियाँ राष्ट्रिय जनकाङ्ग्रेस् (चिनिया संसद)का अध्यक्षसँग भेटबार्ता गरेका थिए । समकक्षी लि छ्याङसँग भएको औपचारिक बार्तामा ९ बुदेँ समझदारी र सहमति पत्रमा हस्ताक्षर भएको थियो भने चिनिया राष्ट्रपति सि जिनपिङसँग भएको बार्तामा नेपाललाई ५०० मिलियन युआन अर्थात करिब ९ अर्ब रूपैयाँ अनुदान सहयोग गर्ने उनले घोषणा गरेका थिए ।चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली चार दिने भ्रमणका लागि सोमवार चीन पुगेका हुन्  । भ्रमणको चौथो दिन अर्थात बिहीबार बिहानै बेइजिङबाट ओली काठमाडौंका लागि उड्ने छन् । उनी करिब साढे २ बजे काठमाडौंमा आइपुग्ने कार्यक्रम तय भएको छ ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार