रुखले किचेर एकजनाको मृत्यु

काठमाडौं, १७ माघ । तेह्रथुममा रुखले किचेर एकजनाको मृत्यु भएको छ । म्याङलुङ नगरपालिका–६, निरौला गाँउ बस्ने ५३ वर्षीय डिल्लीप्रसाद निरौलाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो आफ्नै बारीमा रहेको उत्तीसको रुख काटेर ढाल्ने क्रममा हाँगाले टाउकोमा लागेर गम्भीर घाइते भएका थिए ।

उनको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार