नेकपा एसको सचिवालय बैठक आज पनि, बिद्यान संसोधन माथी छलफल हुने

काठमाडौं, ३ पुस । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै छ ।

हिजो देखी सुरु भएको बैठकमा विधान संशोधन सम्बन्धी प्रस्तावमाथि छलफल भईरहेको छ ।

पार्टी उपाध्यक्ष तथा सङ्गठन विभाग प्रमुख वेदुराम भुसालको संयोजकत्वमा कार्यदलले बनाएको बिद्यान संसोधन प्रस्ताव छलफलका लागि प्रस्ताव गरेको थियो । महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वालासहितको तीन सदस्यीय विधान संशोधन कार्यदलले पेश गरेको उक्त प्रस्ताव माथी आज पनि छलफल हुन लागेको हो ।

‘‘सचिवालयको बैठकमा पेस भएको विधान संशोधनसम्बन्धी प्रस्ताव उपर नेताहरूले आफ्नो विचार राख्ने क्रम आज पनि जारी रहने छ’, पार्टी प्रवक्त जगन्नाथ खतिवडाले भने ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार