दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ, २९ मङ्सिर : प्रधानसेनापति प्रभुराम शर्माले रथी दर्जामा बढुवा हुनुभएका उपरथी अशोकराज सिग्देललाई आज रथी दर्जाको दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उहाँलाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।

विसं २०२३ माघ १९ गते कपिलवस्तुमा जन्मनुभएका रथी सिग्देल २०४३ फागुन ३ गते नेपाली सेनाको अधिकृत क्याडेट दर्जामा प्रवेश गरी २०४५ जेठ १९ गते नेपाली सैनिक प्रतिष्ठानबाट सहायक सेनानी हुनुभएको थियो ।

आजै जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापतिले रथी सिग्देलका साथै उपरथीमा बढुवा हुनुभएका सहायक रथी सन्तोष वल्लभ पौडेललाई पनि दज्र्यानी चिह्न प्रदान गर्नुभयो । रथी सिग्देल बलाधिकृत र उपरथी पौडेल पश्चिम पृतनापतिमा नियुक्त हुनुभएको छ ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार