छाेराकाे कुटाइबाट आमाकाे मृत्यु

भोजपुर, २६ मंसिर । आफ्नै छोराले कुटपिट गर्दा घाइते भएकी टेम्केमैयुङ गाउँपालिका-५ खावा बस्ने ४६ वर्षीया पबित्रा देवी राईको मृत्यु भएको छ ।

घरायसी बिवादका कारण उनकै छोरा २० वर्षीय सन्देश राईले मंसिर ९ गते कुटपिट गरेको र सोही कारण बिरामी भएकी पबित्राको उपचारको लागि जिल्ला अस्पताल भोजपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

अभियुक्त सन्देशलाई प्रहरीले पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार