२०० रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौं, २२ मंसिर । सुनको भाउ प्रतितोला २०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २०० रुपैयाँ बढेर छापावाल सुन तोलामा १ लाख १८ हजार ८०० रुपैयाँमा र तेजाबी सुन तोलामा १ लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुन तोलामा एक लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज स्थिर रहेर तोलामा २ हजार ४६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार