आजको राशिफल : २०८० मंसिर २० गते बुधवार

काठमाडौँ । आज २०८० मंसिर २० गते, बुधवार, ६ डिसेम्बर २०२३। मार्ग कृष्णपक्ष नवमी तिथि। उत्तरफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह, ९ः४३ बजेपछि कन्या।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

सामान्य कामका लागि पनि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

महत्त्वपूर्ण कामको थालनी हुनेछ । लक्ष्मी प्रसन्न हुने योग छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

सहकर्मीबाट विरोध आउनसक्छ । नियमित खर्चसमेत बढ्ने योग छ । लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। आँटेको काम सजिलै सम्पादन हुनेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

लाभदायक यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। लक्ष्य पहिल्याउन सकिनेछ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

रोकिएका काम पुनः सुरु हुन सक्छन् । परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । रोकिएको काम सुरु हुन पनि सक्छ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । ससाना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्यमा खर्च बढ्नेछ, तर नयाँ लगानीको अवसर भने मिल्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। सोखले खर्चको मात्रा भने बढाउनेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम सम्पादन हुनेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । घरमा अतिथिको आगमन हुनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुनेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

केही उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ। व्यापारमा लाभ लिने समय छ। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

बलजफ्तीको व्यवहारले व्यर्थैमा समस्या निम्त्याउन सक्छ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। खर्च लागे पनि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। तर आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।

तपाईको दिन शुभ रहोस् ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार