नेकपा एसको सचिवालय बैठक आज पनि, महाधिवेसनको मिति तय गरिने

काठमाडौं, १९ मंशिर । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक आज पनि बस्दैछ ।

आलोकनगर, काठमाडौंस्थित केन्द्रीय कार्यालयमा सो बैठक बिहान ११ बजे बस्नेछ ।

माघ १४ गते गर्ने भनिएको राष्ट्रिय महाधिवेशन सार्न सहमत भए पनि मितिका बारेमा अझैं टुंगो लागेको छैन, सम्भवतः आज बस्ने बैठकले सो बारेमा टुंगो लगाउने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन । साथै, बैठकमा अन्तर पार्टी निर्देशनको बिबाद र राष्ट्रियसभाको निर्वाचनसहित समसमायिक राजनीतिक बिषयमा छलफल हुनेछ ।

नेकपा एसले एमालेबाट अलग भएपछि पहिलो अधिवेशन माघमा गर्ने भनेर मिति तय गरे पनि अध्यक्ष माधवकुमार नेपालले तयारी गर्न नसक्ने भन्दै सो महाधिवेसनको मिति सार्ने प्रस्ताव गरेका छन । राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुने भए पछि माघ १४ गते हुने भनिएको महाधिवेसन सम्भवः नहुने भन्दै अध्यक्ष नेपालले त्यसको मिति सार्ने प्रस्ताव गर्ने जनाईएको छ ।

तर, महाधिवेसनको मिति सारे पनि एक दुई हप्तामात्रै सार्नु पर्ने सम्मानित नेता झलनाथ खनालको तर्क छ भने नेपालले कम्तिमा १–२ महिना नै सार्नु पर्ने प्रस्ताब गरेका छन् ।  

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार