दमक, १७ मंसिर : झापाको दमकमा सम्पन्न पातञ्जल योग समितिको तेस्रो राष्ट्रिय महाधिवेशनले पुर्नःबालमुकुन्द सुवाललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ । मंसिर १५, १६ र १७ गते भएको पातञ्जल योग समितिको तेस्रो राष्ट्रिय महाधिवेशनले अध्यक्षमा सुवालसहित २७ सदस्यीय रहेको नयाँ नेतृत्व सर्वसम्मत निर्वाचित गरेको हो ।
संस्थाको विधान अनुसार ५१ सदस्यीय रहने सो समितिमा हाल २७ सदस्यीय समिति गठन गरिएको छ । तेस्रो राष्ट्रिय महाधिवेशनबाट समितिको वरिष्ठ उपाध्यक्षमा नवराज काफ्ले, महासचिवमा होमप्रसाद गौतम, उपाध्यक्ष तथा प्रशिक्षण विभाग प्रमुखमा सुवर्ण चित्रकार, महिला उपाध्यक्षमा सृजना मल्ला ठकुरी निर्वाचित भएका छन् ।
त्यस्तैं, समितिको ७ वर्ट प्रदेशबाट उपाध्यक्ष तथा प्रदेश इन्चार्जहरुमा केशव ताम्राकार (कोशी प्रदेश), रामनाथ अधिकारी (मधेश प्रदेश), कमला गुरुङ (गण्डकी प्रदेश), दिपकप्रसाद नेपाल (सुदुरपश्चिम प्रदेश) निर्वार्चित भएका छन् ।
समितिको कोषाध्यक्षमा गीता नेपाल, सचिवमा संगिता श्रेष्ठ निर्वाचित भएका छन् भने सदस्यहरुमा कपिल शाही, हरिओम अधिकारी, बुद्धलक्ष्मी विसी, मेनुका प्रधान, देबराज गिरी, उर्मिला ढकाल, बालकृष्ण प्रधान, निरा दाहाल, हेमा प्रजापति, मैया वराल, यादव प्रसाद गजरुेल, अम्बिका खड्की, प्रेमकुमारी श्रैष्ठ, मंगालादेवी बज्राचार्य, हेमन्ती देवि गजुरेल र भगलु महतो रहेको समिति गठन गरीएको छ ।
त्यस्तैं, सोही अधिवेशनले नौ सदस्यीय रहेको सल्लाहकार समिति गठन गरेको छ । सो समितिको संयोजकमा गंगाप्रसाद ढकाल र सदस्यहरुमा प्रपिकुमार श्रेष्ठ, लीला निरौला, जानुका देवी गुरुगाई, प्रदिपकुमार श्रेष्ठ, जानुका देवि भट्टराई, शंकर मानान्धर, अमिर श्रेष्ठ, केशव दुलाल, अम्बर रत्न बज्राचार्य छन् ।
सोही अधिवेशनबाट प्रशिक्षण विभाग, सुचना प्रकाशन विभाग प्रमुखमा सुधा प्रोख्रेल, साँस्कृतिक विभाग, महिला विभाग लगायतका उपसमितिहरु गठन गरिएको छ ।
दमकस्थित पशुपति मन्दिरमा आयोजित महाधिबेशनको हिजो (शनिबार) जगतगुरु बालसन्त श्री १००८ मोहनशरण देवाचार्यले उद्घाटन गरेका थिए । पातञ्जल योग समिति नेपालका केन्द्रीय अध्यक्ष बालमुकुन्द सुवालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा अतिथि कोशी प्रदेशका वन तथा बातावरण मन्त्री गणेश उप्रेती, प्रदेश सांसद होमबहादुर थापा लगायतले महाधिबेशन सफलताको शुभकामना मन्तव्य राखेका थिए ।















