बोरामा भेटिएका शवकाे भएन पहिचान, चितवन प्रहरीद्दारा स्केच सार्बजनिक

चितवन, १७ मंशिर । साता दिन नाघिसक्दा पनि सनाखत हुन नसके पछि चितवन प्रहरीले दुइ मृतकको स्केच सार्बजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर–१२ मिलन चोकमा बोराभित्र मृत अवस्थामा फेला परेका महिला र पुरूषको स्केच तस्बिर सार्वजनिक गरेको हो ।

गत मंशिर ६ गतेभरतपुर महानगरपालिका वडा– १२ मिलनचोक स्थित पूर्व पश्चिम लोकमार्गको गोन्द्राण केन्द्रीय बस टर्मिनल बसपार्क सडक खण्डको केरुङगा घोल खोलाको कल्भर्ट मुनी जुटको बोरा भित्र शंकास्पद रुपमा बोरामा दुइ शव फेला पारेको थियो ।

अन्दाजी २४–२५ वर्ष उमेर देखिने ५ फिट ७ ईन्च उचाई भएको पुरुष र सोहि स्थानमा ३०/३१ बर्षकी ५ फिट ३ ईन्च उचाई भएकी महिलाको शव सडेगलेको अवस्थामा फेला परेको थियो । 

सो शव फेला पारे पछि ७७ वटै जिल्ला प्रहरी कार्यालय लगायत सिमावर्ती भारतिय इलाकाहरुमा समेत हुलिया परिपत्र गर्दा हालसम्म मृतकहरुको सनाखत तथा पहिचान हुन नसके पछि प्रहरीले स्केच सार्बजनिक गरेको हो ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार