स्रष्टा बिन्दु दहाल ‘मूकदर्शक’को छैटौँ कृति ‘अन्तर्बोध’ लोकार्पण

दमक, १६ मंसिर : स्रष्टा बिन्दु दहाल ‘मूकदर्शक’द्धारा लिखित छैटौँ कृति ‘अन्तर्बोध-२०८०’ (छन्त कविता सङ्ग्रह) लोकार्पण भएको छ ।

झापाको दमकमा आज (शनिबार) मेची सहकारीको सभा भवनमा साहित्य कला सङ्गमको आयोजनामा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष विष्णुु न्यौपानेको सभापतित्व, प्रमुख अतिथि  प्रा.डा टङ्क न्यौपाने रहनु भएको थियो । यस्तै अतिथिहरुमा जयराज आचार्य, डिल्लिराज नेपाल, किशोर कोइराला, चन्द्र भण्डारी, पुण्यप्रसाद खरेल लगायत रहनु भएको थियो ।

विमोचित कृति माथी कवि शिशिर भट्टराई र भीम दहालले संयुक्त रुपमा कृतिको समिक्षात्मक टिप्पणी राख्नु भएको थियो । विमोचित कृति २४१ छन्दमा तयार गरिएको छ ।

यस पुस्तकको प्रकाशक इन्दिरादेवी खनाल दहाल रहनुभएको छ । त्यस्तै झापा बिर्तामोडको बुद्द अफसेटले यसको डिजाइन तयार पारेको हो । तिन सय चार पेजको यस पुस्तक हालसम्म पहिलो संस्करणमा पाँच सय प्रति पुस्तक छापिएको छ । जसको मूल्य बजारमा पाँच सय तोकिएको छ ।

ईलामको चुलाचुलीमा रहेको श्री जनता मा.वि.मा शिक्षकका रुपमा कार्यरत दहालको यसअघि ‘मूल्याङ्कन–२०६१’ (कथा सङ्ग्रह), ‘घाइते युग–२०७२’ (हाइकु सङ्ग्रह), ‘आँखामा सपना–२०७५’ (छन्द कविता सङ्ग्रह), ‘रङ्ग तरङ्ग–२०७७’ (शोककाव्य) र महत्व–२०७८’ (सूक्तिमय काव्य) प्रकाशित भइसकेका छन् ।

कार्यक्रममा मिना अधिकारी, हरि पराजुली, रीता पोख्रेल, जय आचार्य, भरत गुरागाईं बर्बरिक, तिला लेकाली, हरिनारायण भट्टराई, विरही अधिकारी लगायतले कविता वाचन गरेका थिए ।

उक्त लोकार्पण कार्यक्रममा साहित्य कला सङ्गमका उपाध्यक्ष यादवप्रसाद अधिकारीले स्वागत गर्नुभएको थियो भने महा-सचिव दीपक सुुवेदीले सञ्चालन गरेका थिए ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार