एसएमएसबाट यसरी हेर्न सकिन्छ निमावि अध्यापन अनुमतिपत्र परीक्षाको नतिजा

काठमाडौं : शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षा नतिजा एसएमएसबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ।

आयोगले मंगलवार सूचना जारी गरि उक्त व्यवस्था गरिएकाे जानकारी दिएको हो।

आयोगका अनुसार नतिजा प्रकाशनपश्चात इच्छुक परीक्षार्थीहरूले ३१००७ मा एसएमएस गरी नतिजा हेर्न सकिनेछ। आयोगले यस अघिदेखि नै नतिजा प्रकाशन भएपछि आयोगको वेबसाइटमा राख्ने गरेको छ।

निम्नमाध्यमिक तहकाे अध्यापन अनुमतिपत्रको परीक्षा गत कात्तिक १८ गते सञ्चालन भएको थियो। एसएमएसबाट नियमअनुसार दस्तुर लाग्ने आयोगले जनाएको छ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार