भाजपाले चुनाव जिते हैदाराबादको नाम फेरेर ‘भाग्यनगर’ राख्छौंः योगी आदित्यनाथ

हैदाराबाद, ११ मंशिर । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ शनिबारदेखि तेलंगानाको चुनावी लडाइँमा प्रवेश गरेका छन् । 

हैदरावादको नाम भाग्यनगर बनाउने वाचा गरेपछि योगीले आइतबार भने कि यदि भाजपा सत्तामा आयो भने तेलंगानाको महबुबनगरको नाम बदलेर पलामुरु राख्ने छन् । 

महबुबनगरमा चुनावी र्‍यालीलाई सम्बोधन गर्दै उत्तर प्रदेशका मुख्यमन्त्रीले भने कि म माफिया राजबाट मानिसहरूलाई सचेत गराउन र महबुबनगरलाई पलामुरुको रूपमा पुनः स्थापना गर्न तेलंगाना आएकोसमेत बताए ।

तेलंगनाको कुमारम भीम आसिफाबाद जिल्लामा एक र्‍यालीलाई सम्बोधन गर्दै योगी आदित्यनाथले तेलंगानामा बीजेपी सत्तामा आएमा भने हैदराबादको नाम बदलेर भाग्यनगर राख्ने प्रतिबद्धता जनाएका छन् ।

असामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले पनि तेलंगानामा सत्तामा आएको ३० मिनेटभित्र भाजपाले हैदरावादको नाम परिवर्तन गरेर भाग्यनगर गर्ने बताएका थिए।
 

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार