इजरायल जेलमा रहने प्यालेस्टाइनीको संख्या ३१ सयः कैदी समुह

गाजा, ९ मंशिर । इजरायलले बन्दी बनाएको प्यालेस्टाइनीको संख्या ३१ सय नाघेको छ । 

गत अक्टोबर ७ देखि कब्जा गरिएको वेस्ट बैंकमा ३१०० भन्दा बढी पक्राउ गरिएको कैदी अधिकार समूहले जनाएको छ । 

प्यालेस्टिनी कैदी समुहका अनुसार हिजो साँझदेखि आज बिहानसम्म मात्रै इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंकमा १७ प्यालेस्टाइनीहरूलाई पक्राउ गरेको छ।

अधिकार समूहका अनुसार अक्टोबर ७ यता इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूको कुल संख्या ३ हजार १ सय ६० पुगेको छ।

इजरायल र हमासबीच भएको ४ दिने युद्धविराम सम्झौताको एक हिस्साको रूपमा शुक्रबार ३९ प्यालेस्टिनी बन्दी रिहा गरे पनि थप १७ जना पक्राउ परेको सो समुहले जनाएको छ ।
 

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार