भारतीय बैंकले एक सर्बसाधारणको खातामा जम्मा गरिदियो ८२० करोड

नयाँदिल्ली, १ मंशिर । भारतको एउटा बैंकले सर्बसाधारणको खातामा ८२० करोड रुपैयाँ पठाएको छ । 

भारतस्थित युको बैंकले एक ग्राहकको खातामा झुक्किएर ८२० करोड पठाएको र त्यसको ७९ प्रतिशत फिर्ता ल्याएको छ । 

भारतीय सञ्चार माध्यमका अनुसार अझै पनि सो बैंकले ती सर्ब साधरणबाट १७१ करोड भारतीय रूपैयाँ फिर्ता लिन सकेको छैन ।

युको बैंकमा लापरवाहीको ठूलो घटना बाहिर आएको हो । भर्खरै बैंकले गल्तीले ग्राहकको खातामा ८२० करोड रुपैयाँ ट्रान्सफर गरेको स्विकार गरेको छ । 

यो कुरा बाहिर आएसँगै बैंकले तत्काल असुली प्रक्रिया सुरु गरेकोसमेत जनाएको छ ।

तर विशेष कुरा के छ भने युको बैंकले ग्राहकको खातामा पठाएको ७९ प्रतिशत रकम फिर्ता गरिसकेको भए पनि १७१ करोड रुपैयाँ ठुलो रकम उठाउने प्रयास जारी रहेको छ ।
 

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार