मोरङ, २५ कात्तिक । चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशको नयाँ समिति गठन भएको छ ।
विराटनगरमा शनिबार सम्पन्न भएको कार्यक्रममा चलचित्र पत्रकार संघ कोशी प्रदेशको अध्यक्ष धरानकी सन्जु राई चयन भएकी छिन् । त्यस्तै उपाध्यक्षमा विरेन्द्र कुमार साह, सचिबमा सुवास संकल्प, सहसचिब बिवल श्रेष्ठ र कोषाध्यक्षमा रश्मि थापा रहेकी छिन् ।
त्यसैगरी सदस्यहरुमा तुलसी निरौला, निशल कडेल, गोपाल काफ्ले रहेका छन् ।














