नेपाल प्रहरीको प्रावधिक समुहतर्फ जागिर खुल्यो

काठमाडौं, १७ कार्तिक । नेपाल प्रहरीले ठुलो संख्यामा जागिर खुलाएको छ । 

नेपाल प्रहरीले प्राविधिक प्रहरी समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त पदहरूमा आवेदन खुलाएको हो ।

नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालको मानवश्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले प्राविधिक प्रहरी समूहअन्तर्गत रिक्त रहेका विभिन्न पदमा खुला तथा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न लागेको जनाउँदै निवेदन माग गरेको हो ।

नेपाल प्रहरीका अनुसार माग गरेका पदमा योग्यता पुगेका नेपाली नागरिकले आगामी मंसिर ४ गतेदेखि पुस ८ गतेसम्म दरखास्त दिन सक्ने गरी ब्यवस्था मिलाईएको छ ।  

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार