अरिङ्गालको टोकाइबाट अछाममा एक जनाको मृत्यु, एक घाइते

अछाम, १६ असोज । अछाममा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । पञ्देवल बिनायक नगरपालिका–८ बारालाका ३ वर्षीय शमिर जैशीको मृत्यु भएको प्रहरीको भनाइ छ । 

सोहि ठाउँकी  १८ वर्षीया राधा जैशी घाइते भएकी छन् । दुबै जनालाई बुधबार घर नजिकै घाँस काट्नेक्रममा अरिङ्गालले टोकेको थियो । 

शमिरलाई त्यहीको स्थानीय स्वास्थ्यचौकी बारालाले उपचार पश्चात अवस्था सामान्य रहेको भन्दै घर पठाएको थियो । शमिरको घरमै मृत्यु भएको हो । घाइते किशोरीलाई भने थप उपचारको लागि जिल्ला अस्पताल अछाममा पठाएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।
 

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार