दमक, ३ कार्तिक – झापाको दमक–५ सुकुम्बासी टोलबाट चार जनालाई प्रहरीले प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय दमकले बिहिबार दिउँसो दमक–५ सुकुम्बासी टोलबाट २४ बर्षिय समिर गजमेरसहित चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने अन्य तीन जना दमक–६ का २९ बर्षिय रोशल बुढाथोकी, दमक–५ का २४ बर्षिय रोशन माझी र इलाम चुलाचुली–४ का २३ बर्षिय सागर लिम्बु रहेका छन ।
उनीहरुको साथबाट लागुऔषध ब्राउनसुगर ३ ग्राम फेला परेको प्रहरीको दाबी छ । उनीहरुलाई प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।