फ्रान्सले भन्यो, ‘गाजास्थित अस्पतालमा हमला असैह्य छ’

पेरिस, १ कार्तिक । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले अल-अहली अरब अस्पतालमा भएको आक्रमणको निन्दा गर्दै छानबिन गर्न आग्रह गरेका छन्। 

सामाजिक सञ्जाल प्लेटफर्म एक्समा म्याक्रोनले एक पोस्ट पोस्ट गर्दै फ्रान्सले गाजामा अल(अहली अरब अस्पतालमा भएको आक्रमणको निन्दा गरेको जनाएका छन । उनले सो आक्रामणमा परी धेरै प्यालेस्टिनीहरूको ज्यान गएको घटना माफी योग्य नभएको भन्दै मृतक परिवार प्रति समवेदन प्रकट गरेका छन । 

सो अस्पतालमा भएको आक्रामणमा परी ५०० जना भन्दा बढीको ज्यान गएको थियो भने हजार भन्दा बढी घाइते भएको प्रारम्भिक रिर्पोट आएका छन् । 

उनले लेखेका छन, ‘अस्पतालमा आक्रामण गर्नुलाई कुनै पनि कुराले औचित्य दिन सक्दैन्, कुनै पनि कुराले नागरिकलाई निशाना बनाएको जायज ठहराउन सकिदैन।’

उनी अगाडी लेख्छन, ‘फ्रान्सले गाजाको अल अहली अरब अस्पतालमा भएको आक्रमणको निन्दा गर्दछ, जसले धेरै प्यालेस्टाइनीहरूलाई मारेको थियो। हाम्रो मन उहाँहरूसँग छ। सबै परिस्थितिमा प्रकाश पार्नुपर्छ ।’
 

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार