कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिने

विराटनगर, २९ असोज । कोशी प्रदेश नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आउँदो बुधबार विश्वासको मत लिने भएका छन् । 

गत शनिबार मुख्यमन्त्रीमा नियुक्त भई आइतबार पद तथा गोपनीयताको शपथ लिएका उनले बुधबार नै विश्वासको मत लिन लागेका हुन् । 

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।  
 

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार