आज देखी पेट्राेल ११ तथा डिजल ५ रुपैयाँ सस्ताेमा पाइने

काठमाडौं, २९ असोज । आज देखी घटेको मुल्यमा पेट्रोल तथा डिजेल पाइने भएको छ ।

नेपाल आयल निगमले गए राती १२ बजे देखी पेट्रोलियम पदार्थको मूल्य घटाए पछि सस्तोमा पाउन लागिएको हो ।

आयल निगमका अनुसार आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेल प्रतिलिटर ५ रुपैयाँ घटाएको छ । 

घटेको मूल्यअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ र  डिजेल प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ। स्वचालित प्रणालीअनुसार निगमले मूल्य समायोजन गरेको हो ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार