प्रधानमन्त्री भोली धनगढी जाने, यस्तो छ कार्यतालिका

काठमाडौं, २८ असोज । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोली धनगढी जाने भएका छन्।

समाजवादी मोर्चाको भेलालालाई सम्बोधन गर्न प्रचण्ड भोली बिहान सवा नौ बजे श्री एयरको उडानबाट धनगढी पुग्ने कार्यतालिका रहेको छ।

उनी धनगढीबाट सिँधै लम्की प्रस्थान गर्ने छन्। लम्कीमा माओवादी प्रदेश उपाध्यक्ष स्वर्गीय महेश बडुवालको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा सहभागी भएर प्रधानमन्त्री प्रचण्डले घोडाघोडी नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

१२ देखि १ बजेको बीचमा गौरीगङ्गा नगरपालिकाको भवन उद्घाटन गरेर उनी करिब दुई बजे धनगढीमा समाजवादी मोर्चाको भेलाई सम्बोधन गर्ने छन्। भोली नै बेलुकी साढे पाँच बजे उनी श्री एयरलाइन्सको उडानबाटै काठमाडौं फिर्ता हुने कार्यतालिका रहेको छ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार