कोशी प्रदेशको मुख्यमन्त्रीका लागि भोलिसम्म समय थप

विराटनगर, २६ असोज : कोशी प्रदेशको मुुख्यमन्त्री नियुक्तिका लागि शनिबार बिहान ८ बजेदेखि २ बजेसम्म परिचय खुल्ने प्रमाणसहित उपस्थित हुन प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ ।

मुख्यमन्त्री पदका लागि बिहीबार नेपाली कांग्रेसका तर्फबाट निर्वाचितप्रदेशसभा सदस्य केदार कार्की र नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले ४७÷४७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दावी पेश गर्नुभएको थियो ।

प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्री पदका लागि असोज २० गते गर्नुभएको आह्वानमा दुई सदस्यले दाबी पेश गर्दा कांग्रेसका आठ प्रदेशसभा सदस्यको हस्ताक्षर दोहोरिएपछि शनिबार परिचय खुल्ने प्रमाणसहित उपस्थित हुन आज विज्ञप्तिमार्फत आह्वान गर्नुभएको हो ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार