युएई । युएईलाई कर्मथलो वनाएर मध्यपूर्वका नेपालीहरूको दुखसुखका साथी, अभियन्ता कृष्ण ठाकुर गैरआबासिय नेपाली संघ, एनआरएनए एनसिसी युएई २०१७/१९ का केन्द्रिय सदस्यबाट सुरु भएको सामाजिक कामको यात्रा एनसिसी युएई केन्द्रिय उपाध्यक्ष २०१९/२१ तथा नेपाल एसोसिएशन बोर्ड अफ डाइरेक्टरमा रही काम गरेको अनुभवलाई अब अझ फराकिलो बनाएर मध्यपुर्बका युवा साथीभाईहरुका समस्याहरुलाई नजिकबाट बुझेर त्यसको समाधानका लागी सामुहिक रुपमा सस्थागत पहल गर्ने अठोटका साथ गैरआबासिय नेपाली संघको आगामी अक्टोबर १७/२० सम्म नेपालमा हुन गैरहेको ११ औँ रास्ट्रिय महाधिबेशनमा मध्यपुर्ब युबा संयोजक (Youth Coordinator-Middle East) मा उम्मेद्वारी दिनु भएको छ ।
अभियंता कृष्ण ठाकुरका अनुसार अबको पालो युवा र नँया जेनरेसन को हो, जसले सम्पूर्ण मध्यपूर्वमा रहेका सम्पूर्ण नेपालीलाई एक मालामा गाँसेर अगाडि लिएर सम्पूर्णको हक हितको लागि काम गर्ने गरि कार्य गर्ने बताउनु भएको छ ।