सुदूरपश्चिमका भूकम्पपीडितलाई तत्काल राहत उपलब्ध गराउन सांसद लामाको माग

काठमाडौं, २५ असोज । नेकपा एमाले सांसद तारा लामा तामाङले सुदूरपश्चिमका भूकम्पपीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै सांसद लामाले भूकम्पको नौ दिनसम्म पनि सरकारले भूकम्पपीडितलाई राहत वितरण गर्न नसकेको भन्दै असन्तुष्टि जनाए। 

‘हिजो पनि भूकम्प गएको छ। केही दिन अघिको भूकम्पले धनजन क्षति भएको सर्वविदितै छ,’ कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद लामाले भने, ‘सरकारले तदरुकताका साथ त्यहाँका जनतालाई राहत र सहयोगका लागि म अनुरोध गर्छु।’

१६ असोजमा बझाङमा केन्द्रविन्दु भएर गएको ६.३ म्याग्निच्युडको भूकम्पले एक जनाको ज्यान गएको छ भने २७ जना घाइते भएका छन्। बझाङ, बाजुरा, बैतडी, डोटी, डडेल्धुरा लगायत जिल्लामा हजारौँ घरमा क्षति पुगेको छ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार