मार्च ३, २०२४ मा बर दुबई स्थित अस्टोरिया होटल एव्रेस्ट क्लबमा मधेशी एकता समाज, युएईको आयोजनामा हुन् गैइरहेको होलि धमाका २०२४ का लागी नेपालबाट कलाकारहरु दुबई आईपुगेका छन्। कलाकारहरु संगै यस समाजकी नेपालकी संयोजक डाक्टर बबि सिंह यादव पनि आइसक्नु भएकी छिन।

डाक्टर बबि सिंह यादव का अनुसार मधेशी एकता समाज, युएईको आयोजनामा हुन् गरेको हरेक सालको होलि कार्यक्रम मा हरेक समय मधेश का नया नया कलाकार लाई प्रोत्साहन गर्नुको मुख्य कारण बिदेशमा मधेशी कला तथा संस्कृति लाई प्रोत्साहन गर्नु हो।
युएई मा रहेका मधेशी समुदायका स्थानीय कलाकारहरु पनि आफ्ना आफ्ना प्रस्तुति का लागी तयार भैसकेका छन् संस्था का अध्यक्ष धर्मेन्द्र कुमार यादव ले भनेका छन्
कार्यक्रम स्थानीय समय अनुसार बिहान १० बजे बाट सुरुहुने तथा कार्यक्रम निकै आकर्षक हुने आयोजकको भनाई छ । कार्यक्रमलाई सव्य भव्य एवं सफल बनाउन युएई मा रहेका सम्पूर्ण मधेशी नागरिकहरुलाई अध्यक्ष यादबले आव्हान समेत गरेका छन् ।












