धनुषाको सबैला नगरपालिकामा भोली दियो सार्वजनिक विदा

जनकपुरधाम, १० मंसिर । धनुषाको सबैला नगरपालिकाले कार्तिक पूर्णिमाको अवसरमा भोली (मंसिर ११ गते सोमवार) विदा दिएको छ‌।

नगरप्रमुख कारीराम यादवले पूर्णिमा मेलाको अवसरमा सोमवार विदा दिएको सूचना जारी गरेका हुन्। सोमबार नगरपालिका र अन्तर्गतका सम्पूर्ण कार्यालयहरूमा एक दिनका लागि स्थानीय विदा रहने सूचनामा उल्लेख छ।

धनुषा र सिरहा जोड्ने कमला नदीमा पूर्णिमा अवसरमा विशाल मेला लाग्छ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार