बितेका २४ घन्टामा ३२० प्यालेस्टाइनी मारिए

काठमाडौं, २७ असोज । बितेका २४ घन्टामा ३२० प्यालेस्टाइनी नागरिक मारिएका छन । 

अलजजिराका अनुसार गाजाको उत्तरी क्षेत्रवाट भाग्ने क्रममा इजरायलले हानेको बमवाट ३२० भन्दा बढी मारिएका हुन । 

गाजा सहरबाट भाग्ने काफिलेहरूमा इजरायली हवाई आक्रमण जारी छ । सो क्रममा  धेरै महिला र बालबालिकाहरूसहित गत २४ घण्टामा ३२० भन्दा बढी प्यालेस्टाइनीहरू मारिएका हुन । 

इजरायली बमको घेरामा परेका प्यालेस्टाइनीहरू मारिने क्रम निरन्तर बढीरहेको एन्क्लेभका स्वास्थ्य अधिकारीहरूले जनाएका छन ।

गत हप्ता इजरायल भित्र हमासको आक्रमण सुरू भए पछि इजरायलले ११ लाख बासिन्दालाइ थातथलो छाडन चेतावनी दिएको थियो । उसको चेतावनी पछि त्रासमा रहेका प्यालेस्टाइनीहरू आफनो थातथलो छाडने क्रममा नै भएको बम आक्रामणवाट बितेका २४ घन्टामा ३२० भन्दा बढी निर्दोष प्यालेस्टाइनी मारिएका हुन । 

जमिनी आक्रमण सुरु गर्ने भन्दै आएको चेतावनी पछि दक्षिणतिर जान भनेको एक दिन पछि नै इजरायलले गाजामा बमबारी जारी राख्दा बढ्दो संख्या आएको हो।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार