बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना

नयाँदिल्ली, १० मंशिर । दिल्ली ट्राफिक पुलिस लगातार प्रदूषण नियन्त्रण गर्न काम गरिरहेको छ। ट्राफिक प्रहरीले प्रदूषण नियन्त्रण प्रमाणपत्र (पीयूसी) बिना चल्ने सवारी साधनमाथि अहिले निकै कडाई गरिरहेको छ । ट्राफिक प्रहरीको तथ्यांकअनुसार अक्टुबर १ देखि नोभेम्बर २२ सम्म अर्थात् ५३ दिनमा १ लाख ६४ हजार सवारीसाधनमा १६४ करोड भारतीय रुपैयाँ राजश्व संकलन गरिएको छ ।

नोभेम्बर १८ देखि ग्रेप ४ लागू भएपछि हालसम्म २० हजार ७४३ चलान जारी गरिएको छ। यसबाहेक ७ सय ३६ पुराना सवारीसाधन नियन्त्रणमा लिएका छन् । १३ हजार ७२६ गैर लक्ष्य ट्रकलाई अक्टोबर १५ सम्ममा  दिल्ली सीमाबाट फिर्ता गरिएको थियो।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार