काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार, भाउ बढेसँगै आज सुन प्रतितोला एक लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेको छ । भाउ बढेसँगै आज चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँ कायम भएको जनाइ्एको छ ।