किराँत समुदायको नयाँ बर्ष ५०८४

काठमाडौँ – किराँत समुदायको नयाँ बर्ष यलेदोङ पनि आजैदेखि शुरु भएको छ । किराँती प्रथम राजा यलम्वरले शुरुवात गरेको पात्रो अनुसार आजदेखि यलेदोङ संवत ५०८४ शुरु भएको हो ।

यस अवसरमा किराँत यायोक्खाले आयोजना गरेको कार्यक्रममा नेपालको प्राचिन संभ्यता र संस्कृतिको जग बसाउन यलम्वरले तिथिमिति समेत प्रारम्भ गरेको मुन्धुमवेत्ताहरुको भनाई छ ।

काठमाडौं उपत्यका लगायत पूर्वी नेपालमा किराँतहरुले ३२ बर्ष शासन गरेको इतिहास भएपनि त्यसमा थप अध्ययनको खाँचो भएको मुन्धुम अध्येताहरुको दावी छ । मुन्धुमका अध्येता भोगिराज चाम्लिङले अनुसन्धानका आधारमा नेवार सभ्यतासंग किराँतहरुको घनिष्ट सम्वन्ध रहेको र ७१ जना शासकले शासन गरेको दावी गर्नुभयो ।

प्रत्येक ५ बर्षमा नयाँ शासक राजाको रुपमा चुन्ने परम्परा किराँतकालमै रहेकाले अहिलेको जस्तो परिवारमा आधारित राज परम्परा नरहेको चाम्लिङले स्पष्ट गर्नुभयो । कार्यक्रममा किराँत परम्परा र संस्कृतिले नेपालकै समग्र संभ्यतालाई बलियो बनाएको भनाई वक्ताहररुको थियो । कार्यक्रममा मुन्धुमविद तथा किराँत भाषा संस्कृतिका जानकारहरुको सहभागिता थियो ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार