आस्था कलेजमा जीवन चक्र समाज नेपालको युनिट गठन, संयोजकमा चौलागाई

दमक । झापाको दमकमा स्थापना भएको जीवन चक्र समाज नेपालले आस्था कलेज दमकमा युनिट गठन गरेको छ ।

आस्था कलेजमा भएको कार्यक्रममा जीवन चक्र समाज नेपालको युनिटको संयोजकमा पूजा चौलागाई चयन हुनु भएको छ । युनिट संयोजक पुजा चौँलागाँईको अध्यक्ष्तामा तदर्थ समिति गठन गरिएको हो ।

कार्यक्रममा जीवन चक्र समाज नेपालका प्रवक्त टेकनाथ भण्डारीले जीवन चक्र समाजले गरेका गतिविधिहरूको बारेमा जानकारी दिनु भएको हो । त्यस्तै संस्थाका कार्यक्रम संयोजक डिल्ली प्रसाद अधिकारीले आगामी दिनहरुमा युनिटसँग सहकार्य गरि विभिन्न चेतनामूलक अभियान संचालन गर्ने जानकारी दिनु भएको थियो । संस्थाका उपाध्यक्ष बेनुराज प्रसाईले युनिट संयोजकलाई माइन्यु हस्तान्तरण गर्दै युनिट देशकै नमुना बन्ने शुभकामना दिनु भयो ।

कार्यक्रममा संस्थाका सचिव गणेश प्रधानले सरसफाइमा आवश्यक पर्ने ग्लोभ्स प्रदान गर्दै युनिटले सरसफाइको क्षेत्रमा परिवर्तनकारी भुमिका खेल्नेमा विस्वस्त रहेको बताउदै शुभकामना दिनु भयो ।

त्यस्तै, युनिट संयोजक पुजा चौँलागाँईले जीवन चक्र समाज नेपाल जनचेतनामूलक अभियानको साझा घर भएकोले कलेजमा युनिट बिस्तार गर्दै संस्थाको बिधान अनुसार गतिविधिहरू संचालन गर्ने प्रतिबद्धता गर्नुका साथै संस्थाको निति बिधानलाई अबलम्वन गर्दै “मेरो जिम्मेवारी म पुरा गर्छु, परिवर्तन आफुबाट सुरू गरौँ” भन्ने शंकल्पका साथ अगाडि बढ्ने समेत जानकारी दिनु भएको छ ।

उक्त कार्यक्रमको सञ्चालन संस्थाका प्रवक्ता टेकनाथ भन्डारीले गर्नु भएको थियो । कार्यक्रममा संस्थाका सदस्य तथा आस्था कलेजका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

May be an image of 11 people, hospital and text that says 'AA AASTHA COLLEGE AASTHA COLLEGE MANAGEMEN ASTHA OLLE MANAG OF ANAGEMENT AASTHA COLLEGE OFMANAGEMENT चक्र समाज नेपाल ycle ociety Nepal दमक शुभकामना आदानप्रदान कार्यक्रम DRAWG2 Silerlim'

May be an image of 2 people, hospital, dais and text that says 'जीवन Life Cycle Society Nepa नेपाल दमक भकामना आदानप्रदो कार्यक्रम SUPERMAY Ûh OnePlus Powerediby Triple amera 2024.01.11.08:03'

May be an image of 3 people

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार