आज र भोलि राति उल्का वर्षा हुने

काठमाडौं, १९ पुस । बिहीबार र शुक्रबार उल्का वर्षा हुने भएको छ। नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अनुसार पुस १९ र २० गते राति अत्यधिक उल्का वर्षा हुन लागेको हो।

सोसाइटीका अध्यक्ष अध्यक्ष सुरेश भट्टराईका अनुसार यसलाई भूतप उल्का वर्षा नाम दिइएको छ। प्रतिघण्टा ५० देखि १२० वटासम्म उल्का वर्षा हुने अनुमान गरिएको छ। अत्यधिक उल्का वर्षा हुने समयमा नाङ्गो आँखाले नै आकाशको अवलोकन गर्न सकिने छ।

‘भूतप उल्का वर्षा स्थानीय समय अनुसार पुस १९ गते दिउँसोदेखि अत्यधिक मात्रामा सक्रिय भए पनि राति ११ः३० बजेदेखि २० गतेको सूर्योदय भन्दा अगाडि हेर्न सकिनेछ’,भट्टराईले निकालेको विज्ञप्तिमा भनिएको छ। भट्टराईका अनुसार आगोका झिल्का जस्तै देखिने उल्का वर्षा करिब ७० किलोमिटर माथि वायुमण्डलमा देखिनेछन्।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार