फुलह्यामसँग आर्सनल स्तब्ध

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत फुलह्यामले आर्सनललाई पराजित गरेको छ ।

आइतबार सम्पन्न खेलमा फुलह्यामले आर्सनललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

१-० गोलले अग्रता लोएको आर्सनलले अग्रता जोगाउन नसक्दा हार बेहोरेको थियो ।

फुलह्यामको जितका लागि खेलको २९औं मिनेटमा राउल जिमेनेज र खेलको ५९औं मिनेटमा बबी डे कोर्ड़ोभाले गोल गरेका थिए ।

यसअघि खेलको पाँचौं मिनेटमा बुकायो साकाले आर्सनलका लागि शुरुवाती गोल गरेका थिए ।

यो फुलह्यामको यस सिजनमा सातौं जित हो । यो जितपछि २० खेलमा २४ अंकसहित फुलह्याम अंक तालिकामा १३औं स्थानमा रहेको छ ।

त्यस्तै आर्सनलको भने यो यस सिजनमा चौथो हार हो । यो हारपछि आर्सनलको २० खेलमा ४० अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार