दमक जेसीज वर्ष २०२४ को अध्यक्षमा अधिकारी निर्वाचित

दमक । दमक जेसीज वर्ष २०२४ को अध्यक्षमा जेसी राम चन्द्र अधिकारी निर्वाचित हुनुभएको छ । दमक जेसीजको शनिबार सम्पन्न ४३ औं साधारणसभाबाट वर्ष २०२४ का लागि अध्यक्ष पदमा अधिकारी निर्वाचित हुनुभएको हो ।

जेसीजको नवनिर्वाचित कार्यकारिणी उपाध्यक्षमा जेसी लोकेश सापकोटा र जेसी उमेश गजमेर, जनसम्पर्क अधिकारीमा जेसी साजन श्रेष्ठ र तालिम निर्देशकमा जेसी सरोज ढकाल निर्वाचित हुनुभएको छ ।

त्यस्तै, बर्ष २०२४ का लागि उपाध्यक्षहरुमा जेसी पंकज पोख्रेल, जेसी पुजन चौधरी, जेसी कृष्ण भट्टराई र जेसी विशाल अधिकारी निर्वाचित हुनुभएको छ ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार