दमक – झापाको दमक–१० मा रहेको श्री सिंहदेबी माध्यामिक विद्यालयले आफ्नो ५६औं बार्षिक उत्सव समारोह विभिन्न कार्यक्रम गरि सम्पन्न गरेको छ । विद्यालयले यहि पौष ११ गतेदेखि १३ गतेसम्म बिभिन्न कार्यक्रम गरि आफ्नो बार्षिक उत्सव सम्पन्न गरेको हो ।
बार्षिक उत्सव समापन कार्यक्रमको संविधान सभा सदस्य तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महेन्द्रा कुमारी लिम्बुले पानसमा बत्ती बालेर उद्धघाटन गर्नुभएको थियो ।
तीन दिनसम्म सन्चालन गरिएको कार्यक्रममा बिद्यार्थीहरुकाबीच प्रतियोगितात्मक साहित्यिक तथा नृत्य प्रस्तुत गरिएको थियो । यसैगरि सोही कार्यक्रममा अभिभावकहरुकाबीच विभिन्न मनोरञ्जनात्मक खेलहरु पनि सन्चालन गरिएको थियो ।
कार्यक्रमको समापन समारोहका अवसरमा दमक नगरभरिका माध्यमिक विद्यालयस्तरिय प्रतियोगितात्मक नृत्य समेत प्रस्तुत गरिएको थियो ।
प्रतियोगितामा सिंहदेबी प्रथम, कृष्ण माबी द्धितीय र डुकुरपानी माबी तृतीय भएको थियो । प्रतियोगिताका बिजेतालाई कार्यक्रमका प्रमुख अतिथि महेन्द्राकुमारी लिम्बुले नगद पुरस्कार बितरण गर्नुभएको थियो ।
अक्षयकोषदाता ४ जना लगायत एक दर्जन बढी विद्यालय व्यवस्थापन समितिका पुर्वसदस्य लगायतलाई समेत सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
यसैगरी विद्यालयले यसै वर्षबाट बर्ष उत्कृष्ट शिक्षक छनौट गरि दुई जना शिक्षकलाई सम्मान गरेको न्यौपानेले जानकारी दिनुभयो । सम्मानित हुने शिक्षकहरुमा घनश्याम अधिकारी र जमुना खरेल रहनु भएको छ । सोही अवसरमा विद्यालयले बर्ष भरी सन्चालन गरेका विभिन्न कार्यक्रमका बिजेता विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो ।
२०२५ सालमा स्थापना भएको यस विद्यालयमा ५ सय २९ जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यपक हरिनारायण अधिकारीले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम प्रसाद न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।