ज्योति चर्च मण्डलीको ५०औं वर्ष पूरा, विभिन्न कार्यक्रमहरुका साथ स्वर्ण महोत्सव मनाउने तयारी

दमक, १० मंसिर : झापाको दमक–५ मा अवस्थित ज्योति चर्च मण्डलीले स्थापना भएको ५०औं वर्षको अवसर पारेर यहि विहिबार (मंसिर १४ गते) का दिन विभिन्न कार्यक्रमहरुका साथ स्वर्ण महोत्सव मनाउने तयारी गरेको छ ।

इसाई धर्मावलम्बीहरुको पुरानो इतिहास बोकेको दमकस्थित ज्योति चर्च मण्डलीले स्वर्ण महोत्सवमा धार्मिक प्रवचन, चर्चका संस्थापक अध्यक्ष लगायत पदाधिकार र सदस्यहरुलाई मानसम्मान, स्मारिका प्रकाशन, शुभकामना आदानप्रदान र मनोरञ्जात्मक गीतसंगीत र नृत्य प्रस्तुत हुने कार्यक्रम रहेको जनाएको छ ।

ज्योति चर्च मण्डलीका अध्यक्ष समेत रहनुभएका इसाई धर्मालम्बीहरुका अग्रज व्याक्तित्व पाष्टर मुक्ति किराती थुलुङको अध्यक्षतामा र एन.सी.एफ.एन केन्द्रीय अध्यक्ष रेभ.पा सूर्य बल तामाङ (हनोक तामाङ) को प्रमुख आतिथ्यतामा स्वर्ण महोत्सव सम्पन्न हुने भएको छ ।

सो चर्चका उपाध्यक्ष पाष्टर अजय पाठकका अनुसार स्वर्ण महोत्सव समारोहमा दमक नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना प्रसाई, इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोज लामा, दमक ५ का वार्ड अध्यक्ष इन्द्रवहादुर गुरुङ, वडाका जनप्रतिनिधिहरु, दमक नगर इसाई समाजका अध्यक्ष लगायत पदाधिकारी, सदस्यहरु, विभिन्न जिल्लाका इसाई अगुवा व्याक्तित्वहरु र सञ्चारकर्मीहरुलाई निम्तो गरिएको छ ।

चर्चका डिकन पुष्यप्रसाद उप्रेतीले दमक–५ मा अवस्थित ज्योति चर्च मण्डलीमा आयोजना गरिएको स्वर्ण महोत्सवलाई भब्य र सभ्य बनाउन विभिन्न उपसमितिहरु गठन गरिएको र सोही जिम्मेवारी बमोजिम कार्य सम्पादन भइरहेको जानकारुी दिनुभयो । स्वर्ण महोत्सवमा प्रमुख बक्ताका रुपमा प्रमुख अतिगि समेत रहनुभएका एन.सी.एफ.एनका केन्द्रीय अध्यक्ष रेभ.पाष्टर हनोक तामाङद्धारा हुने डिकन उप्रेतीले बताउनुभयो ।

चर्चका सचिव एल्डर गोपाल हस्दाले झापाकै पुरानो मण्डलीको रुपमा स्थापित दमकको ज्योति चर्च मण्डली ५०औं वर्षमा प्रवेश गरेको अवसरमा कोशी प्रदेशभरीका इसाई धर्मालम्बीहरुको उपस्थितिमा स्वर्ण महोत्सव सम्पन्न गर्न लागिएको बताउनुभयो । वहाँले २०३० सालमा स्थापना भएको ज्योति चर्चले ५०औं वर्षसम्म आइपुग्दा अनेकौ दुःख र सुखका अनुभूतिहरु बटुल्दै आएको स्मरण गर्नुभयो ।

सो चर्चका सचिव हस्दाले यतिका लामो इतिहास बोकेको मण्डलीले मंसिर १४ गते विहिबारका दिन ५०औं वर्षको अवसरमा स्वर्ण महोत्सव मनाउने तयारीमा जुटिरहन पाउँदा हामी इसाई धर्मालम्बीहरु हर्षित र उत्साहित भएका छौं ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार