एन्फाको साधारणसभा बस्दै, अध्यक्ष र महासचिवले अविश्वासको प्रस्ताव सामाना गर्ने

काठमाडौं, २३ कार्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभा बस्दैछ । 

बाग्मती प्रदेशको राजधानीमा हेटौडामा आज बस्ने साधारण सभामा अध्यक्ष पंकजविक्रम नेम्वाङ विरुद्ध परेको अविश्वासको प्रस्तावको बारेमा छलफल हुनेछ । 

गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्नु पर्ने भन्दै लिखित निवेदन दिएका थिए । 

नेतृत्वमा पुगेको एक वर्ष नपुग्दै अध्यक्ष र महासचिव विरुद्ध बर्खास्तको माग आए पछि आजको साधारण सभामा अध्यक्ष नेम्वाङ र महासचिव राईले अविश्वास प्रस्तावको सामाना गर्दैछन् । 

एन्फाको नेतृत्वमा कुल १०५ सदस्य रहेका छन्, जसमध्ये साधारणसभामा ८६ सदस्यसँग मात्र मताधिकार रहेको छ । 

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार