घरायासी झगडामा चिर्पटले हान्दा श्रीमतीको मृत्यु

खोटाङ, ११ कार्तिक । खोटाङमा चिर्पटले हानेर एक ब्यक्तिले श्रीमतीको हत्या गरेका छन् । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा मुढे लालीका ४० वर्षीय दावा शेर्पाले चिर्पटले हानेर श्रीमतीको हत्या गरेका हुन् । 

सामान्य घरायसी झगडा भइरहेको बेला अचानक श्रीमान दावाले ३६ वर्षीया श्रीमती लाक्पा दिकु शेर्पालाई चिर्पटले हानेका थिए, उक्त चोटले श्रीमतीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए । 

श्रीमान दावालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार