इजरायल-हमास युद्धकाे १२ औं दिन, अहिलेसम्म झन्डै ५ हजार मारिए

तेलअहिब, २ कार्तिक । इजरायल-हमास युद्धमा १२ औं दिनमा सबै पक्षबाट जम्मा ४९७६ जनाको मृत्यु भएको छ । 

यसमा कुल १७ हजार ७ सय ७५ जना घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

इजरायलमा कुल १४०२ जनाको मृत्यु भएको छ भने ४४७५ जना घाइते भएका छन्।

गाजामा कुल ३ हजार ४८८ जनाको मृत्यु भएको छ । यस आक्रमणमा १२ हजारभन्दा बढी व्यक्ति घाइते भएका छन् । 

यसैगरी, वेस्ट बैंकमा ६५ जनाको मृत्यु भएको छ भने १३०० जना घाइते भएका छन्  भने लेबनानमा २१ जनाको मृत्यु भएको छ ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार