आजको विदेशी मुद्राको विनिमय दर, कतारी रियाल ३६ रूपैयाँ बढी

काठमाडौ, २६ असोज । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा रहेको छ भने युराेपियन युरो एकको खरिद दर १४१ रुपैयाँ १४ पैसा र बिक्री दर १४१ रुपैयाँ ७८ पैसा कायम भएकाे छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ४१ पैसा र बिक्री दर १६४ रुपैयाँ १४ पैसामा काराेबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८५.१२  रुपैयाँ र बिक्री दर ८५.५१  रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९८ रुपैयाँ १९ पैसामा काराेबार हुनेछ । 

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८ रुपैयाँ ९५ पैसामा काराेबार हुदाँ दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९४ पैसा र बिक्री दर ९ रूपैयाँ ९९ पैसामा खरिद बिक्री गर्न सकिनेछ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४३ रुपैयाँ र बिक्री दर ३५.५९  रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३३ रुपैयाँमा काराेबार गरिने छ । 

साथै, कुवेती दिनार १ को खरिद मूल्य ४२९.९६ पैसा र विक्रीदर ४३१.९ पैसामा काराेबार हुनेछ ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार