दुबई : UAE लाई कर्मथलो वनाएर मध्यपूर्वका नेपालीहरूको दुख सुखका साथी, अभियन्ता कृष्णा ठाकुर गैर आबासिय नेपाली संघ, एनआरएनए एनसिसी युएई २०१७-१९ कार्यकाल केन्द्रिय सदस्यबाट सुरु भएको सामाजिक कामको यात्रा एनसिसी युएई केन्द्रिय उपाध्यक्ष २०२१-२३ तथा मधेशी एकता समाज, यूएई का वर्तमान अध्यक्ष तथा नेपाल एसोसिएशन बोर्ड अफ डाइरेक्टरमा रही काम गरेको अनुभवलाई अब अझ फराकिलो बनाएर मध्यपुर्बका युवा साथीभाईहरुका समस्याहरुलाई नजिकबाट बुझेर त्यसको समाधानका लागी सामुहिक रुपमा सस्थागत पहल गर्ने अठोटका साथ गैर आबासिय नेपाली संघको २०२३-२०२५ कार्यकालका लागि आगामी अक्टोबर १७-२० सम्म नेपालमा हुन गैरहेको राष्ट्रिय महाधिबेशनमा मध्यपुर्ब युबा संयोजक (Youth Coordinator-Middle East) मा उम्मेद्वारी दिने घोषणा गरेको छ ।
“अब को पालो युवा पीढ़ी र नया पुस्ता लाई जस्ले सम्पुर्ण मध्यपुर्व मा रहेका नेपाली श्रमिक लाई एक माला मा गासेर अगाडि लिएर वहाँ हरुको हक हितको लागि काम गर्ने को हो” – कृष्णा ठाकुर
वहाले यही अजेंडालाई अगाडि राखेर सम्पूर्ण NRNA प्रेमी लाई साथ सहयोग र समर्थनको अपील गरेका छन।

सामाजिक अभियंता कृष्ण ठाकुर यूएईमा रहेका हरेक समुदाय का नेपालीहरुका बीच परिचित, राम्रो छवि तथा सबै समुदायका लागी हमेशा काम गर्ने र हमेशा सबै समुदाय लाई साथमा लिएर हिडने मध्य एउटा व्यक्तित्व हुनुहुन्छ ।