युवा वेरोजगारी भयावह बन्दै, युवालाई भिषा र पासपोर्ट अनि राज्यमा अमनचयन ?

– कमल कटुवाल

राज्यले युवालाई भविष्य सम्झने हो भने आफ्नो घरपरिवार, समाज र आफ्नो देशलाई माया मारेर वाहिर जानु पर्दैन थियो र आफ्नो ज्यानलाई बाजी मारेर आफ्नो मृत्यु सम्म पुग्ने गरी युवाले विदेशमा जोखिम पनि मोल्न पर्दैन थियो ।

हरेक देशमा राष्ट्र सञ्चालन गर्ने देखि लिएर हरेक कार्य सञ्चालन गर्न युवाको आवश्यक पर्दछ । युवा एक यस्तो परिचालन हो जसले सम्पूर्ण राज्यको जिम्मेवारी बोकेको हुन्छ । युवा बिना राष्ट्र सञ्चालन गर्न कठिन हुन्छ । युवा भनेको देशको शक्ति हो तर हाम्रो देश नेपालमा भने आजकाल युवाको अतिचरम अभाव हुन थालेको छ ।

जसको मुख्य कारण भनेको देशमा रोजगारका अवसर सृजना नभएको कारण नै रहेको छ। रोजगारका अवसर नपाएर दिनप्रति दिन नेपाली युवाहरु विदेश तर्फ रोजगारका निम्ति वाहिर जाने गरेका छन् । जुन एक जोखिमपूर्ण पनि रहेका छन् । त्यहाँ गएर पनि आफुले चाहेजस्तो रोजगारीका अवसर पाउन कठिन रहेको छ तर पाए पनि एकदमै कठिन र जोखिमपूर्ण काम गर्नुपर्ने वाध्यता रहेको छ ।

यस्तो खालको मानिसको मनमस्तिकमा बसिसकेको छ , कि नेपालमा बसेर कुनै काम छैन काम गरेर पनि परिवारलाई समेत खाना खुवाउन नसक्ने तलव हुन्छ यस्तो कारणले पनि हाम्रो नेपालमा युवाको भुमिका कम रहेको देखिन्छ ।

हरेक दिन हाम्रो देशमा वैदेशिक रोजगारमा गएका युवाहरुको लास पनि दिनप्रति दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल काठमाण्डौमा हामीले देख्न सक्छौँ । जसको मुख्य कारण अन्तर्राष्ट्रिय भाषा पनि रहेको छ किनभने हाम्रो देशमा सबैले शिक्षाको अवसर समान रुपले पाउन सकिरहेका छैनन् । अर्को तर्फ जसले राम्रो अंक लाएको छ, उ विदेश पलायन हुन्छ, तर उ आफ्नो देशमा फर्कन मान्दैन ।

उनीहरु ठुला ठुला विकसित देश तर्फ जान्छन् र त्यही स्थाई रुपमा बसोबास गर्छन् । हाम्रो देशमा जहाँ रोजगारका अवसर सृर्जना त्यहाँ राजनीतिक हस्तक्षेप हुन्छ र जसको कोही ठुला व्यक्ति हुदैन उसले त्यसकारण हाम्रो देशमा रोजगार पाउन कठिन रहेको छ । जसका कारण आजकाल युवाको अति चरम अभाव रहेको छ ।

नेपाल अहिले यस्तो दलदलमा फसेको छ नि जुन युुवाको निम्ति घातक बन्दैछ । यहाँ हरेक वर्ष १२ कक्षा पास गरेपछि विदेशीने चलन चलेको छ । चलन पनि किन पो नचलोस् र यहाँ युवाहरुमा निम्ति त्यस्तो अवसरहरु पनि छैन । आधा उमेर पढ्दा नै जान्छ अनि पढिसकेपछि जागिर खाउ भन्दा सरकारले तोकेको उमेर सकिसकेको हुन्छ । अनि कसरी जागिर खाउन । अहिले युवा साथीहरु भन्दै छन् “खाडीमा भेटौँला” ।

“खाडीमा भेटौँला”

के अबका युवाहरुको भेट के खाडीमा नै हुने हो त ? यहाँ ठूलो प्रश्न उठेको छ । यहाँ वस्ने नेपाली युवाहरुले “देशमा बस्न त मन थियो नि । के गर्नु यहाँ अवसर नै छैन” भन्दै दिनहु विदेशीदैछन् । के अबको बाटो भनेको विदेशीनु नै हो त ?

यसकारण पनि युवाको भुमि अति नै कम देखिन्छ । नेपालमा काम पाए पनि कम भन्दा पनि मूल्यमा काम गर्नुपर्ने हुन्छ । हाम्रो देशमा आजभोलि त ससाना नानीहरुलाई तिमी भबिष्यमा के बन्छौ भनेर प्रश्न गर्यौ भने, म त विदेश जान्छु भन्छन् ।

यस्तो खालको मानिसको मनमस्तिकमा बसिसकेको छ , कि नेपालमा बसेर कुनै काम छैन काम गरेर पनि परिवारलाई समेत खाना खुवाउन नसक्ने तलव हुन्छ यस्तो कारणले पनि हाम्रो नेपालमा युवाको भुमिका कम रहेको देखिन्छ । यस्ता खाले समस्याका कारणले गर्दा पनि नेपाली युवाहरु वैदेशिक रोजगारमा जाने गर्दछन् जसको कारणले गर्दाले आजभोली नेपाली युवाहरुको संख्या कमभन्दा कम रुपमा देखापर्न थालेको छ।

युवाहरुले अब विदेशमा गएर काम गर्ने होईन कि स्वदेशमा रहेर विभिन्न काम गर्न विभिन्न कार्यहरु राज्यपक्षबाट हुन जरुरी छ ।हरेक क्षेत्रमा अहिले युवाको संख्या कम भएको कारण विभिन्न कार्य गर्न समेत समस्या पर्न थालेको छ भने अर्को तर्फ भएका युवाहरु समेत केही नराम्रा कुलत तर्फ लागेका छन् जसको कारण एक अशिक्षा हो भने अर्को तर्फ वेरोजगारीको कारणले गर्दा पनि रहेको छ ।

यहाँ रोजगारको सृर्जना भएको खण्डमा उनीहरु सँग खाली समय नै रहदैन थियो अनि खाली समय रहेता पनि उनीहरुलाई आफ्नो कामको जिम्मेवारीले गर्दा उनीहरु आफ्नै काम आफ्नो समय व्यवस्थापन गर्न तर्फ लाग्दथे ।

यसले गर्दा पनि उनीहरु कुलतमा लाग्न पाउदैन थिए । युवाहरुले आफ्नो काम, कर्तव्य र जिम्मेवारी वहन गर्न सक्दछन् जसले गर्दा युवाहरुको आफ्नो महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्नु पर्दछ । युवा विना कुनै पनि कार्य गर्न असफल रहन्छ ।

युवा भनेको दुई ढुङ्गा बिचको तरुल हो । जसले सम्पूर्ण भुमिका निर्वाह गरेको हुन्छ । युवा भनेको त देशको भविष्य हो । देश निमार्णको कार्यमा देशको मुख्य मेरुदण्ड युवा नै हो । तर युवाको मतलव नै गरिएको छैन नेपालमा । खै त युवाहरुलाई हरेक क्षेत्र, कार्यहरुमा समाबेश गरेको सरकार ?

खोई युवा मैत्री सरकारको अनूभुति ?

कृषि क्षेत्रमा नेपाली युवाहरुको संख्या कम मात्रामा देखिन्छ किनभने सरकारद्धारा त्यति धेरै सेवा सुविधा प्रदान गर्न सकेको छैन । मल, विउ जस्ता खेतीजन्य क्षेत्रमा प्रयोग हुने वस्तुहरुको चाहिएको बेलामा सहज रुपबाट पाउन सकिँदैन र अर्को तर्फ किसान उत्पादन गरेको कृषि समाग्रीहरुको उचित मूल्य समेत पाउन सक्दैनन् यस कारणले गर्दा पनि नेपाली युवाहरु वैदेशिक रोजगार तर्फ पलायन हुन्छन् यसले गर्दा पनि नेपाली युवाहरुको संख्या कम देख्न सकिन्छ ।

अब भने युवाहरुका निम्ति विभिन्न उद्योग, कलकारखाना, सरकारी क्षेत्रमा लगायत विभिन्न क्षेत्रमा रोजगारका अवसर प्रदान गर्नु पर्दछ । युवाहरुले अब विदेशमा गएर काम गर्ने होइन कि स्वदेशमा रहेर विभिन्न काम गर्न सृर्जनाको व्यवस्था गर्नु पर्दछ । युवाहरुले अब विदेशमा गएर काम गर्ने होईन कि स्वदेशमा रहेर विभिन्न काम गर्न विभिन्न कार्यहरु राज्यपक्षबाट हुन जरुरी छ । राज्यले युवालाई भविष्य सम्झने हो भने आफ्नो घरपरिवार, समाज र आफ्नो देशलाई माया मारेर वाहिर जानु पर्दैन थियो र आफ्नो ज्यानलाई बाजी मारेर आफ्नो मृत्यु सम्म पुग्ने गरी युवाले विदेशमा जोखिम पनि मोल्न पर्दैन थियो ।

सरकार युवाको अवस्था दयनिय बन्दैछ । यस विषयमा खोई सोचेको ? युवा भविष्य हुन भन्ने लाग्दैन ? यदि लाग्छ भने खोई युवा मैत्री सरकारको अनूभुति ?

खोई युवा मैत्री सरकारको अनूभुति ?

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार