त्रिलोचन कोइराला / झापा, २९ पौष : हरेक वर्षको पुस २९ गते यो दिवस विशेषगरी पूर्वी तराईका राजवंशी समुदायले मनाउने गर्छन् । राजवंशी समुदायमा छोरीचेलीलाई चिसो छल्न माइती बोलाई भक्का खुवाएर खुसी बनाउने चलन छ ।
भक्का राजवंशी समुदायको मौलिक परिकार हो । भक्का ताजपुरिया,गन्गाई लगायत अधिकाशं आदिवासी मधेसी समुदायले खास गरि जाडोको महिनामा खाने परिकार हो। । जाडो याम शुरुहुनासाथ गल्ली गल्ली चोक चोकमा बिहान सबेरै भक्का बनाएर बेच्ने चलन छ । चामलको पिठोबाट पानीको तातो भापले बनिने यो परिकार विहानको नास्ताको रुपमा जो कोहीले खुवै मनपराएर खाने चलन छ ।
कोचिला गाभुर फ्रन्ट नामक गैरसरकारी संस्थाले २०७४ सालमा साधारण सभामार्फत पुष २९ लाई राष्ट्रिय भक्का दिवस मनाउने निर्णय गरेको थियो ।सुरुमा राजवंशी जातिमा मात्र सीमित रहेको भक्का खाने चलन सबै जातजातिबिच लोकप्रिय बनेपछि यसलाई प्रवर्द्धनात्मक कार्यक्रमसहित पुस २९ गते भक्का दिवस मनाउन थालिएको हो ।
पछिल्लो समय कोच राजवंशी समुदायसँगै अन्य जातजातिले पनि रुचाएपछि भक्का खाने चलन व्यापक बनेको छ । राजवंशी समुदायको परम्परागत परिकार भक्का, पूर्वी नेपालको सर्वाधिक रुचाइने एउटा परिकार हो जुन विशेषतः जाडो समयमा बढी खाने गरिन्छ । जाडो मौसममा चामलको पीठो विशेषगरी कनिकाको पीठोबाट माटोको भाडोमा राखेर वाफबाट पकाइने परिकार हो ‘भाक्का’ यसलाई वास्पीकरणबाट बनाइन्छ र नुन खुर्सानीको अचारसँग खाने गरिन्छ । । भक्का मौलिक विशेषता र स्वास्थ्यकर फाइदा दुवैलाई प्रवर्द्धन गरिन जरुरी भएको ठम्याइका साथ हरेक वर्ष पुस २९ मा राष्ट्रिय भक्का दिवस मनाइन्छ ।
झापासहित पूर्वी तराईका आदिवासी जनजाती राजवंशीले यस्तो परिकार बनाउने गर्छन् । यो उनीहरुको परम्परागत परिकार हो । जुनसुकै समुदायकाले पनि यसलाई मिठो मान्दै ग्रहण गर्छन् ।
यसमा अन्य कुनैपनि बजारिया वस्तुहरु नमिसाइने भएकाले यो स्वास्थ्यका दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । पछिल्लो समय यस परिकारलाई व्यवसायीकरण गरेर काठमाडौंमै पनि बनाउन थालिएको छ । राजवंशीहरुको मौलिकता र पहिचानसँग समेत यसलाई जोड्ने गरिन्छ ।भक्का राजवंशी समुदायको परम्परागत परिकार हो। राजवंशी सुमदायले छोरीको बिहेमा मिठाई कोसेली पठाउँदा भक्का पनि समावेश गर्ने चलन छ। त्यसैगरी जाडो मौसममा विवाहित छोरीलाई माइत बोलाएर भक्का खुवाउने चलन छ। घरमा आउने पाहुनालाई पनि भक्का खुवाएरै स्वागत गर्ने गरिन्छ।
भक्का चामलको पिठोबाट बनाइन्छ। गाउँघरमा भने भर्खर भित्र्याएको नयाँ धानको चामलबाट बनाउने गरिन्छ। पहिला चामललाई करिब दुई घन्टा पानीमा भिजाउनुपर्छ। त्यसपछि पानीबाट निकालेर थिगारेपछि पिसेर पिठो बनाउनुपर्छ। ओखल, ढिकी वा मिलमा पिस्न सकिन्छ।
चामलको पिठोलाई थोरै पानीमा मुछ्नुपर्छ। त्यसलाई गोलाकार (प्रायः माथि तल थेप्चो भएको) बनाउनुपर्छ। अनि पानीको बाफमा पकाउनुपर्छ। भक्का पकाउने भाँडामा तल पानी र माथि चामलको पिठोको डल्ला राखिन्छ। भाँडाको मुख बन्द गरिन्छ। केही बेर बफ्याएपछि भक्का तयार हुन्छ। भक्कालाई अचारसँग खान सकिन्छ। भक्का अहिले पुर्बी क्षेत्रमा मात्र प्रचलित छैन ्र काठमाडौं लगायत बिभिन्न सहरहरुमा भक्का हाउस भदै ब्याबसायिक रुपमा ब्यापार गर्न थालिएको छ ।