सुपरलिग फाईनल: धनगढी र ललितपुर भिडदै

काठमाडौँ, १४ पुस । जारी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा आज धनगढी एफसी र ललितपुर सिटी एफसीबीच भिडन्त हुदै छ ।

यो खेल काठमाडौँस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजेदेखि शुरु हुने छ ।

लिग चरणमा ८ खेलमा ३ जित, ४ बराबरी र एक खेलमा हार बेहोरेर १३ अंकसहित दोस्रो स्थानमा रहदै प्लेअफमा पुगेको धनगढीले पहिलो क्वालिफायरमा पोखरा थण्डर्सलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

त्यस्तै लिग चरणमा ८ खेलमा २ जित, ४ बराबरी र २ हार बेहोरेको ललितपुर सिटीले इलिमिनेटरमा काठमाडौँ रेजर्सलाई र दोस्रो क्वालिफायरमा पोखरा थण्डर्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।

धनगढी एफसी एनएसएलको पहिलो सिजनको उपविजेता समेत हो । २०२१ मा सम्पन्न पहिलो सिजनमा धनगढी काठमाडौँ रेजर्ससँग १-० गोल अन्तरले पराजित भएर उपविजेतामा चित्त बुझाएको थियो ।

त्यस्तै ललितपुर सिटी एफसी भने पहिलो पटक फाइनलआमा पुगेको छ । यस अघि पहिलो सिजनमा ललितपुर दोस्रो

क्वालिफायरमा काठमाडौँ रेजर्ससँग ३-० ले पराजित हुदै बाहिरिएको थियो ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार