२७ दशमलव ७५ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ, १ पुस : यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ७५ अङ्कले बढेको छ । आज एक दशमलव ३९ प्रतिशतले बढेसँगै नेप्से परिसूचक दुई हजार २२ दशमलव ३५ अङ्कको बिन्दुमा कायम भएको हो ।

आज दुई सय ९५ कम्पनीको एक करोड ७१ लाख ६६ हजार चार सय ६५ कित्ता शेयर एक लाख एक हजार एक सय २८ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब १५ करोड ७८ लाख ४६ हजार नौ सय ७९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

बैंकिङ समूहको उपसूचक शून्य दशमलव ६७, म्यूचुअल फन्ड शून्य दशमलव ४२ र व्यापार समूह शून्य दशमलव २३ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जलविद्युत् समूह पाँच दशमलव ५५ र लगानी समूह तीन दशमलव १२ प्रतिशतले बढेको छ ।

११ वटा कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । ह्याथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेड, थ्री स्टार हाइड्रोपावर लिमिटेड, रावा इनर्जी डेभलपमेन्ट लिमिटेड, बोटलर्स नेपाल (बालाजु) लिमिटेड, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड र सगरमाथा जलविद्युत् कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । त्यस्तै, विन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेड, बलेफी हाइड्रोपावर लिमिटेड, शिवश्री हाइड्रोपावर लिमिटेड र रिदी पावर कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो । आजको कारोबारमा सबैभन्दा धेरै हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ७७ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको रू २५ करोड १२ लाख ९० हजार सात सय ४६ बराबरको १७ लाख ८० हजार छ सय ३५ कित्ता शेयर किनबेच भएको छ ।

Facebook
Twitter
LinkedIn
Pinterest
Pocket
WhatsApp

सम्बन्धित खबर

ताजा समाचार

लोकप्रिय समाचार